Ms. Balika Bhattarai, Community Based Rehabilitation Facilitator writes straight from the heart on the spirited Jyotishi Ba (Astrologer bua)

ज्योतिषी बा
बालिका भट्टराई
साबिक चमैता गा.बि.स. वार्ड न ६ र हाल दे.न.पा. १ निबासी डिकवीर सुनुवार जन्मजात शारीरिक अपांगता भएका व्यक्ति हून् । यिनका दुवै खुट्टा लुला र छोटा छन् । उनको रातो परिचयपत्र छ । ६७ वर्षको उमेर पार गरिसकेका उनी चुपचाप बसिरहन् मन पराउँदैनन् । सिलाई बुनाई गर्नु र मानिसहरुको हात हेर्नु उनको मूख्य विशेषता हो । उनी छोराछोरीका पनि धनी छन् ।
गोरो अनुहारमा रातो टिका लगाएर हाँसिरहने स्वभाव भएका उनी लेकाली ठाउँमा आफनो जिन्दगी गुजारिरहेका छन् । वरपर ‘ज्योतिषी बा’ को उपमासहित उनको नाम चर्चित छ । ‘उनले भविष्यवाणी गरेका धेरै कूराहरु मिल्दोजुल्दो हुन्छ’ भन्ने हेराउन् लाउनेहरुको विश्वास छ । उनको घरमा जाँदा कहिले सिलाइरहेको, कहिले चिना हेरिरहेको, बनाइरहेको अवस्थामा भेटिइन्छन् । अनि यी जाँदुमय छवि भएका व्यक्तिको हरेक क्रियाकलापमा जीवन सङ्गिनीको साथ झल्किइरहेको देखिन्छ । आँखाहरु सजल बनाउँदै उनी भन्छिन् ‘मैले उहाँलाई कहिल्यै पनि हेला गरिन् । चाहेको काम गर्नको लागि जहिल्यै सहयोग गर्छु ।’
हाल डिकवीरको जीवनमा परिवर्तन आएको छ । जुन परिवर्तन ‘हेरचाहको लागि उत्प्रेरणा’ परियोजनाद्धारा
सम्भव भएको हो । जब उनले हवील चेयर प्राप्त गरे तब खुसीले गदगद भएका छन् । घिस्रिदै घिस्रिदै हवील चेयरसम्म आउँदै उनी मुस्कुराउँदै भन्छन् ‘‘अब त टवाइलेट जान, घर वरिपरि घुम्न मलाई धेरै सजिलो भएको छ ।’’ अब डिकवीरको लागि यो साधन अनन्य साथी भएको छ । उनी यस्तो सुनौलो अबसर पाएर एकदम आभारी छन् ।
सहायक सामाग्री पाएपछिको जीवन उनलाई अमूल्य उपहार साबित भएको छ ।

Comments are closed.

Accessibility