दृष्टि सम्बन्धि समस्या न्यूनीकरण गर्न करुणा फाउण्डेसन नेपाल र नेपाल नेत्रज्योती संघ बीच सम्झौता

दृष्टिसम्बन्धी समस्या न्यूनीकरण गर्न, दृष्टिसम्बन्धी समस्या समयमा नै पहिचान गरी बालबालिकालाई दृष्टिहीन हुनबाट जोगाउन तथा दृष्टिसम्बन्धी समस्याका कारणले अपाङ्गता भएर बाँचिरहेका व्यक्तिको जीवनको अवस्थामा सुधार ल्याउन नेपालमा दृष्टिहीनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्रज्योती संघ तथा प्रदेश नं. १ मा प्रदेश सरकार र स्थानीय तहहरुसँगको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा कार्यरत करुणा फाउण्डेसन नेपालका बिचमा प्रदेश नं. १ मा दृष्टिसम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहयोग हुनेगरी सहकार्य गर्न मिति २०७८-०४-२२ गतेका दिन सम्झौता भएको छ ।

उक्त सम्झौतामा करुणा फाउण्डेसन नेपालका अध्यक्ष प्रा.डा भगवान कोइराला र नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गनुभएको छ । यसका साथै संघ अन्तर्गतको बिराटनगर आँखा अस्पतालले करुणा फाउण्डेसनसँग कार्यक्रमगत सम्झौता पनि गरेको छ । जसले आँखा तथा कान सम्बन्धि अपांगता हटाउने र प्रदेश १ मा रहेका अपांगताको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिईएको छ । सम्झौता कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले संघले बहुक्षेत्रीय साझेदारीको रणनीतिलाई अवलम्बन गर्दै आँखा र कानको सेवा हरेक नागरिक र परिवारको पहुँच सुनिश्चित गर्न अगाडी बढेको बताए । साथै प्रा. डा भगवान कोइरालाले दृष्टिविहीनता तथा न्यून दृष्टि भएका व्यक्तिलाई पहिचान र अवाश्यकीय उपचार तथा पुनस्र्थापना सेवा प्रदान गर्न यस सम्झौताले अझ बढी तेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा सम्झौताले दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम, प्रेषण र उपचारका क्षेत्रमा प्रदेश नं १ मा सहकार्य गर्दै दृष्टिविहीनता तथा न्यून दृष्टि भएका व्यक्तिलाई उपचार तथा पुनस्र्थापना सेवा प्रदान गर्न मद्धत पुग्ने कुरामा करुणा फाउण्डेसन नेपालका कार्यकारी निर्देशकले जोड दिनुभयो । दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा जनचेतना बढाउन र आवश्यक सेवाका लागि सम्बन्धित सरोकार निकाय सँग पैरवी गर्नु का साथै आँखा र कान सम्बन्धि समस्या पहिचान गरी समाधान गर्न पनि जागरुक गराउने छ ।

सम्झौता कार्यक्रमकै क्रममा पहिला पनि करुणा फाउण्डेसन नेपालसँग दृष्टि सम्बन्धी अपांगताको रोकथाम र न्यूनीकरणको लागि सहकार्यमा काम हुँदै आएको अवस्थामा यस सम्झौताले अझ थप सहज, सुलभ र गुणस्तरीय आँखा र कान स्वास्थ्य सेवाको माध्यमबाट नेपालमा विद्यमान आँखा र कान सम्बन्धि अपांगतालाई न्यूनीकरण गर्नेछ भन्ने विश्वास विराटनगर आँखा अस्पताल, विराटनगरका अध्यक्ष मा. पद्म नारायण चौधरीले बताउनुभयो । उक्त कार्यक्रममा बरिष्ठ आँखा रोग बिशेषज्ञ डा राम प्रसाद पोख्रेलको पनि शिृष उपपिस्थति रहेको थियो ।

Comments are closed.

Accessibility