जन्मजात हुने अपाङ्गता (Birth defects) भनेको metabolic disorder लगायतका त्यस्ता संरचनात्मक वा कार्यात्मक असमान्य अवस्था होे जुन जन्मदेखिनै व्यक्तिमा रहेको हुन्छ । केहि बालबालिकाहरुमा शारीरिक समस्याको साथै जन्मजात हुने अपाङ्गताहरु पाइन्छ भने कतिपय बालबालिकाहरु हेर्दा सामान्य अवस्थाका देखिन्छन् । जन्मजात हुने अपाङ्गता जन्महरु कहिलेकाहीँ बच्चा जन्मिएको महिना–बर्ष–दिन सम्म पनि नदेखिन सक्छ ।
विश्वमा हरेक वर्ष १६ मध्ये १ (८० लाख) बालबालिकाहरु जटिल किसिमको जन्मजात अपाङ्गता लिएर जन्मिन्छन् । जस मध्ये ३० लाख बालबालिकाहरुको ५ बर्षको उमेर नपुग्दै मृत्यु हुन्छ । नेपालमा हरेक वर्ष करिब ४३,४७७ बालबालिकाहरु जन्मजात अपाङ्गता लिएर जन्मिन्छन् ।
आज मिति २०७४ फाल्गुन २० गते परिवार स्वास्थ्य महाशाखाको आयोजनामा स्वास्थ्य सेवाको निमित निर्देशक श्री चुणामणि भण्डारी को अध्यक्षतामा विश्व जन्मजात हुने अपाङ्गता दिवस (The 4th edition of the World Birth Defects Day -3rd March) मनाइयो । यस वर्षको नारा “कतिपय जन्मजात हुने अपाङ्गताबाट जोगिन सकिन्छ र यसको उचित व्यवस्थापन गर्न सकिन्छ । जन्मजात हुने अपाङ्गता सम्बन्धी जनचेतना फैलाउन सहयोग गर्नुहोस् “Many birth defects can be prevented & treated. Help spread global awareness for World Birth Defects Day” #WorldBDDay भन्ने नारा सहित सरकारी र गैर सरकारीतवरले के कस्तो कार्यक्रम गरीरहेको भन्ने प्रस्तुतीकरण गरी मनाइयो । उक्त कार्यक्रममा विश्व स्वास्थ्य संघबाट डा. मिरा थापा उपाध्ययले विश्वमा जन्मजात हुने अपाङ्गता सम्बन्धी के कस्तो कार्यक्रम भइरहेको छ भनेर प्रस्तुतीकरण गर्नुभयो । परिवार स्वास्थ्य महाशाखाबाट श्री शरद कुमार शर्माले नेपालमा भइरहेको कार्यक्रम बारेमा प्रस्तुतीकरण गर्नुभयोे । त्यसै गरी गैर सरकारी संस्थाहरु Autism Care Nepal Society, Down Syndrome Association of Nepal, Cerebral Palsy Self-help group, , करुणा फाउण्डेसन नेपालबाट पनि प्रस्तुतीकरण गर्नेभयो ।
कार्यक्रमको अन्तमा परिवार स्वास्थ्य महाशाखाको निर्देशक डा. विकास देवकोटाले जन्मजात हुने अपाङ्गता सम्बन्धी कार्यक्रम विस्तृत रुपले लानु पर्ने र जनचेतना फैलाउनु पर्ने कुरालाई जोड दिदै कार्यक्रम समापन गर्नुभयो ।