Wheelchairs for Kids Inc. Quarterly Update Newsletter
April 5, 2018
Get them onboard
May 31, 2018

चित्रभित्रकी सुमला

हवीलचेयरलाई साथी बनाएर आफनो जीवन विताइरहेकी देउमाई नगरपालिका वार्ड न. २ की सुमला राई अहिले १४ वर्षकी भइन् । निरन्तर अरुले सहयोग गर्दा पनि दिनचर्यामा कठिनाई बेहोरिरहेकी उनको रातो अपांगता परिचयपत्र छ ।
“म तीन कक्षासम्म पढदा हिड्न सक्थे । त्यसपछि खुट्टा कमजोर भए र हिड्न सकिन अनि पढ्न छोडनुप¥यो । उपचार गर्दा पनि निको भइन् । हातहरु पनि खासै बलिया छैनन् ।” उनी भावुक हु“दै भन्छिन् । उनी दिनभरी हवीलचेयमा बस्छिन् । अनि आफूलाई मन परेका विषयहरुलाई चित्रमा उतार्छिन् । भविष्यमा चर्चित चित्रकार बन्न चाहाने उनी आफनो लक्ष्य पूरा गर्नको लागि प्रतिबद्ध छिन् ।
“कस्तो बेला चित्र बनाउन मन लाग्छ ?” भन्ने प्रश्न गर्दा उनी लजाउ“दै मुस्कुराउ“छिन् र भन्छिन् “जब कुनै पनि विषयबस्तु मेरो दिमागमा आउ“छ तब चित्रमा उतारिहाल्न मन लाग्छ ।” उनका चित्रहरु नियाल्दा प्रेमका विषयबस्तु झल्किएका हुन्छन् ।
कठिन शारीरिक पीडा भोग्नुपरे पनि आफनो दुखलाई उनले शक्ति बनाएकी छिन् । उनका सुन्दर चित्र साहसका प्रतीक हून् । हवीलचेयरमा बसे पनि उनी आफनो कलात्मक भविष्य खोजिरहेकी छिन् र यसको लागि अबसरको प्रतिक्षा गरिरहेकी छिन् ।

बालिका थपलिया

Comments are closed.